Section 30
स्वीकृति बिना जग्गा आवाद गर्नेलाई सजाय
ः- कसैले दफा २६ को उपदफा (४) बमोजिम स्वीकृति प्राप्त नगरी दर्ता नभएको कुनै जग्गा आवाद गरेमा वा गर्न लगाएमा निजलाई सो जग्गा आवाद गरेकै वर्षदेखिको प्रचलित नेपाल कानून बमोजिमको मालपोतको बिगोको दश दोब्बरसम्म जरिवाना गरी मालपोत कार्यालयको प्रमुखले सो जग्गा जफत गर्नेछ, त्यसरी जफत भएको जग्गाको सम्बन्धमा तोकिए बमोजिम हुनेछ ।